रिक्त रहेका देशहरुको राजदूतमा पौडेल, उपाध्याय र लामिछानेको सम्भावना बलियो

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकारले पूर्वत् केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेजी गर्दै नयाँ नियुक्तिको प्रक्रियालाई तीव्रता दिएको छ । उक्त क्रममा राजदूत नियुक्ति प्रक्रियाले पनि स्थान पाएको छ । सरकारले यसअघि भारत, अमेरिका र बेलायतमा नयाँ राजदूत सिफारिस गरेको छ भने बाँकी देशमा पनि सिफारिस गर्ने तयारी गरेको छ ।
भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिसकेको छ । सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो ।
अब क्यानडा लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ । क्यानडाका लागि नेपाली राजदूतमा क्यानडामै अध्ययन अध्यापनमा लागेका नेपाली कांग्रेसका युवा नेता डा. जितु उपाध्यायलाई राजदूत बनाउन सक्ने आँकलन गरिएको छ । विभिन्न देशमा अध्ययन र अध्यापन गरेका डा. उपाध्याय पार्टी भित्र पनि निकै सक्रिय रहेका कारण उनलाई राजदूतमा पठाउन सक्ने बढी सम्भावना रहेको बुझिएको छ ।
रुस, बंगलादेश र दक्षिण कोरियामा अध्ययन गरेका डा. उपाध्याय पार्टी राजनीतिसँगै कुटनीतिक क्षेत्रमासमेत दख्खल राख्ने भएका कारण उनको सम्भावना बढी रहेको कांग्रेस नेताहरुको बुझाइ छ । डा. उपाध्याय क्यानाडाको जनसम्पर्क समितिमा उपसभापति पदमा रहेर काम गरिरहेका छन् भने कांग्रेसको १३ औँ महाधिवेशनमा क्यानाडाबाट महाधिवेशन प्रतिनिधिसमेत हुन् ।
नेविसंघको स्कुल इकाइबाट राजनीतिमा सक्रिय रहेका डा. उपाध्याय २०६२ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सदस्य निर्वाचित भएर काम गरेका थिए । २०६२–६३ को जनआन्दोलनमा समेत अग्रपंक्तिमा रहेर काम गरेका उपाध्यायले कोरियामा समेत जनसम्पर्क समितिमा समेत काम गरेका थिए । सरकारी छात्रवृत्तिमा छनोट भइ अध्ययन गरेका डा. उपाध्यायले दक्षिण कोरियाबाट खाद्य प्रविधिमा विद्यावारिधि गरेका छन् । रुसमा खाद्य प्रविधिमा स्नातकोत्तर गरेका उपाध्यायले बंगलादेशबाट जनस्वास्थ्यमा समेत स्नातकोत्तर गरेका छन् ।
उनीसँग रुसी, हिन्दी, कोरियाली, अंग्रेजी र बंगाली भाषाको दख्खल रहेको छ । राष्ट्रिय योजना आयोगमा युवा पुस्ताका डा. विश्व पौडेललाई पठाएर सरकारको प्रशंसा पाएकोमा अहिले राजदूतमा पनि युवाबाट सक्षम र क्षमता भएका लाई मौका दिने सम्भावना बलियो देखिएको छ ।
राजदूत नियुक्तिका लागि गृहकार्य भइरहेको प्रधानमन्त्री कार्यालय श्रोतको भनाइ छ । गठबन्धनको सरकार भएकाले दलहरुले आफ्नो पार्टीबाट नाम सिफारिस गर्ने र त्यही आधारमा नयाँ राजदूत नियुक्त गरिने भएको हो । स्पेन, डेनमार्क लगायत मध्य एक देशको राजदुतको रुपमा चर्चामा रहेका अर्का युवा बिनोद कुमार पौडेल, हाल येल विश्वविद्यालय को इकोनोमिक ग्रोथ सेन्टर अन्तर्गत स्वतन्त्र कन्सलटेन्टको रुपमा अर्थशास्त्री प्रा. डा. रोहिणी पाण्डेको अनुसन्धान परियोजनामा कार्यरत छन् । उनी सन् २०१६/२०१७ मा फ्लोरिडा स्टेट विश्वविद्यालयको भिजिटिङ स्कलर समेत थिए । उनले माओबादी सेनाको ब्यबस्थापन तथा प्रमाणीकरण जस्तो नेपालको शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यमा सक्रिय र प्रभाबकारी भूमिका खेलेका थिए । सरकारी छात्रवृत्तिमा छनेट भइ अध्ययन गरेका पौडेलले पत्रकारितामा पाकिस्तानबाट स्नातकोत्तर गरेका छन् भने चीनबाट विद्यावारिधी गर्दैछन् ।
यसैगरी माओवादीबाट कोरियाको राजदूत बन्नेको सूचीमा प्रा. डा. जनार्दन लामिछाने रहेको चर्चा छ । डा. लामिछाने हाल काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत हुनुको साथै नाष्टकोे सेवा आयोगको सदस्य तथा एकेडिमिसन, प्राध्यापक संगठनको केन्द्रिय सदस्य, सन्–मुन विश्वविद्यालय कोरियाको भिजिटिङ प्राध्यापक छन् ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया