बार एशोशिएसनले आइतबार पनि सर्वोच्च गेटमा धर्ना दिने

काठमाडौं । नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिने भएको छ ।
प्रधानन्यायाधीशले निकासको बाटो नदिएको कारण आइतबार पनि गेटमै धर्ना दिन लागिएको बारले जनाएको छ ।
प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै आएको बारले शुक्रबार प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा रोक लगाउने गरी सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएको थियो ।
विहीबार बारको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि बार थप आन्दोलित भएको हो । बिहीबार सर्वोच्च अदालत परिसरमा प्रहरीले हस्तक्षेप गर्दा ६ जना अधिवक्ताहरू घाइते भएका थिए ।
प्रहरी हस्तक्षेपको विरोध गर्दै बारले शुक्रबार सर्वोच्च अदालतको गेटमा धर्ना दिनुका साथै शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणसहितका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो ।
नेपाल बार एशोसिएसनको आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार देशैभरका अदालतमा धर्ना दिने तयारी गरेको छ ।
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया