एमालेले एकैसाथ आज १,९९९ महाधिवेशन प्रतिनिधि छान्दै
कात्तिक ३० भित्र सवै प्रतिनिधीको नामावली केन्द्रमा पठाउनुपर्ने, उच्च समझदारीमा प्रतिनिधी छान्न ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले)ले आज देशभर एकैसाथ महाधिवेशन प्रतिनिधी चयन गदैछ । चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि एमालेले आज देशभर एकैसाथ महाधिवेशन प्रतिनिधी चयन गर्न लागेको हो ।
एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ बजेसम्म चितवनमा आयोजना हुँदैछ ।
देशभरवाट महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने गरी कहाँबाट कति प्रतिनिधी कसरी छनौट गर्ने भन्ने मापदण्ड पनि बनाएर पार्टी पंक्तिमा पठाएको थियो ।
शुक्रवार बाट नै कितपय स्थानबाट महाधिवेशन प्रतिनिधी छनौट गर्न एमालेले थालिसकेको थियो । आज छनौट भएका महाधिवेशन प्रतिनिधीको नामावली सम्वन्धित जिल्लाले कात्तिक ३० गतेभित्र केन्द्रमा पठाईसक्नुपर्ने बताएको छ ।
उच्च समझदारीमा प्रतिनिधी छनौट गर्न ओलीको आग्रह
देशभर एकैसाथ महाधिवेशन प्रतिनिधी छनौट गर्ने काममा लागेको एमालेले उच्च समझदारीका साथ महाधिवेशन प्रतिनिधी चयन गर्न आग्रह गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार साँझ भिडियो सन्देश जारी गर्दै लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएकोले समझदारीका साथमा प्रतिनिधी चयन गर्न आग्रह गरेका छन् ।
‘चितवनमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भोलि कात्तिक २७ गते देशैभर एकै दिन १९९९ भन्दा बढी प्रतिनिधिहरुको चयन हुँदैछ । हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीकोरूपमा मात्रै होइन प्रक्रिया र पद्धतिकारूपमा पनि बुझ्दछौं।’ ओलीले सन्देशमा भनेका छन् – ‘दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो । तसर्थ म सम्पूर्ण पार्टी सदस्यहरुलाई उच्च समझदारीका साथ आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनौट गर्न हार्दिक आव्हान गर्दछु।’

















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया