रामजी र सम्झनाको ‘चाँदनी’मा प्रकाश र केकीको अभिनय

काठमाडौँ । पृथ्वी इन्टरटेनमेन्टले नयाँ कोसेली पस्किएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा विशेष समारोहबीच ‘चाँदनी’ बोलको लोक गीत सार्वजनिक गरेको हो ।
यस गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको छ । लय तथा शब्द सुजन लम्सालको रहेको छ भने गीतमा एरेन्ज सुनिल परियारले गरेका छन् ।
कार्यक्रमका पृथ्वी इन्टरटेनमेन्टका प्रमुख पृथ्वी थकालीले गीत संगीतको क्षेत्रलाई सधै माया गर्ने र निरन्तरता दिने बताए । थकाली विगत लामो समयदेखि विशेष गरी लोक तथा दोहोरी गीत क्षेत्रमा योगदान पु¥याएका व्यक्ति हुन् ।
कलाकार प्रकाशले आफ्नो गीत संगीतको करिअर नै पृथ्वी इन्टरटेनमेन्टबाट सुरु भएको सम्झिए । उनले भने, ‘म जुन बेला काठमाडौंको गल्लीमा सफलता पाइन्छ कि भन्दै दौडिरहेको थिएँ, त्यो समयमा पृथ्वी थकाली दाइसँग भेट नभएको भए सायद आज यो प्रकाश सपुत हुँदैन थियो होला ।’
नायिका केकी अधिकारीले पनि गीतको अडियो सुन्ने बित्तिकै मन छोएको र गीतका शब्दले पनि आफूलाई तानेको बताइन् । भिडियोमा बिक्रम स्वाँरको निर्देशन रहेको छ भने नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया