रामजी र सम्झनाको ‘चाँदनी’मा प्रकाश र केकीको अभिनय

काठमाडौँ । पृथ्वी इन्टरटेनमेन्टले नयाँ कोसेली पस्किएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा विशेष समारोहबीच ‘चाँदनी’ बोलको लोक गीत सार्वजनिक गरेको हो ।
यस गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको छ । लय तथा शब्द सुजन लम्सालको रहेको छ भने गीतमा एरेन्ज सुनिल परियारले गरेका छन् ।
कार्यक्रमका पृथ्वी इन्टरटेनमेन्टका प्रमुख पृथ्वी थकालीले गीत संगीतको क्षेत्रलाई सधै माया गर्ने र निरन्तरता दिने बताए । थकाली विगत लामो समयदेखि विशेष गरी लोक तथा दोहोरी गीत क्षेत्रमा योगदान पु¥याएका व्यक्ति हुन् ।
कलाकार प्रकाशले आफ्नो गीत संगीतको करिअर नै पृथ्वी इन्टरटेनमेन्टबाट सुरु भएको सम्झिए । उनले भने, ‘म जुन बेला काठमाडौंको गल्लीमा सफलता पाइन्छ कि भन्दै दौडिरहेको थिएँ, त्यो समयमा पृथ्वी थकाली दाइसँग भेट नभएको भए सायद आज यो प्रकाश सपुत हुँदैन थियो होला ।’
नायिका केकी अधिकारीले पनि गीतको अडियो सुन्ने बित्तिकै मन छोएको र गीतका शब्दले पनि आफूलाई तानेको बताइन् । भिडियोमा बिक्रम स्वाँरको निर्देशन रहेको छ भने नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।














दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शंकर पोखरेल
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया