देउवामाथि पौडेलको आक्रोशः मुन्टो बटारेर पार्टी बलियो हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासमक्ष आक्रोश व्यक्त गरेका छन् ।
पार्टी केन्द्रीय कार्य समिति बैठकमा बोल्दै पौडेलले समस्या नबुझेर मुन्टो बटारेर पार्टी बलियो नहुने भन्दै आक्रोश ब्यक्त गरे ।
केन्द्रीय कार्य समिति बैठक पार्टीको केन्द्रीय कार्यालयमा नबसी देउवा निवास बुढानिलकण्ठमा बसेको पनि पौडेलले असन्तुष्टि जनाए ।
पार्टी कार्यालयमा बैठक गर्न नसकिएको, भाग्नुपर्ने अवस्था आएको, जिल्लाबाट नेता तथा कार्यकर्ताले न्याय नपाएर रुँदै फोन गर्नुपर्ने अवस्था आएको भन्दै पौडेलले समस्या समाधानका लागि नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
उनले पार्टी सभापति देउवालाई आफ्नै जिल्लामा अनसन बस्न लागेको समेत स्मरण गराए । ‘तपाईंको जिल्लाका साथीहरु पनि मंसिर १ गतेबाट अनसन बस्ने भनेका छन् ।’– पौडेलले भने ।
“उनीहरु त्यसै अनसन बस्न लागेका होइनन्, क्रियाशील सदस्यमा नाम मनखुसी हटाइएकोमा अनसन बस्न लागेका हुन्, त्यो हामीले सम्बोधन गर्ने कि नगर्ने ?’, देउवासँग पौडेलले प्रश्न गरे, ‘‘समस्या नबुझेर मुन्टो बटारेर पार्टी बलियो हुन्छ ? कहिलेसम्म भाग्ने हामी ? जिल्लाबाट साथीहरु रोएर फोन गरिरहेका छन् ।”
यो पनि,
सातै प्रदेशमा कांग्रेसको महाधिवेशन समन्वय समिति संयोजक तोकियो

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया