तालिवानले गरे शक्ति प्रदर्शन, अमेरिकी हतियार र रूसी हेलिकोप्टर देखाइयो

काठमाडौँ । दुई दशक लामो युद्धमा अमेरिकालाई पराजीत गरेको अफगानिस्तानको तालिवान समूहले राजधानी काबुलमा परेड खेलेर शक्ति प्रदर्शन गरेको छ । तालिवानले अमेरिकी सेनाले छाडेको गाडी र रूसी हेलिकोप्टरको साथमा शक्ति प्रदर्शन गरेको हो ।
परेडमा तालिवानले एक विद्रोही समूह कसरी देशको स्थायी सेनामा बदलियो भन्ने सन्देश दिन खोजेको देखिन्छ । गत अगष्टमा अमेरिकी सेना फिर्ता हुँदा धेरै मात्रामा हात हतियार अफगानिस्तानमा नै छाडेर गएका थिए ।
अफगानिस्तानका रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजमीका अनुसार परेडमा दुई ५० जना नयाँ प्रशिक्षित सैनिकको स्नातकको पढाईसँग सम्बन्धित रहेको छ ।
परेडमा अमेरिकामा निर्माण भएको एमवानवानसेभेन बख्तरबन्द सुरक्षा गाडीहरू समावेश गरिएको थियो । तालिबानी लडाकुको हातमा एमफोर असल्ट राइफल्स रहेका थिए । साथै आकाशमा एमआई सेभेन्टिन हेलिकोप्टर उडिरहेको थियो ।
१५ वर्षमा २८ अर्ब डलरको हतियार आयात
स्पेशल इन्स्पेक्टर जनरल फर अफगानिस्तान रिकन्स्ट्रक्शनको रिपोर्टअनुसार सन् २००२ देखि २०१७ सम्म अमेरिकी सरकारले अफगान सरकारलाई २८ अर्ब डलर बराबरको हात हतियार दिएको छ ।
यसैबीच अमेरिकी सेनाले अफगानिस्तान छोड्ने क्रममा केही हतियारयुक्त विमान छाडेर गएका थिए । साथै अमेरिकी सेनाले करिब ७० वटा विमान नष्ट गरिदिएका थिए । एजेन्सी















राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया