अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य-एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु बुधबार साँझ काठमाडौँ आउन लागेका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेयता पहिलोपटक उच्चस्तरीय अमेरिकी अधिकारी नेपाल आउन लागेका हुन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा लगाएतका नेताहरुसँग भेटघाट गर्ने छन् । माल्दिभ्सको राजधानी मालेबाट आज अपरान्ह काठमाडौं अवतरण गर्ने अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी अनुदान सम्झौता (एमसीसी)संसदबाट अनुमोदन हुन नसकेका बेला उनी नेपाल आउन लागेका हुन् । सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसदबाट अनुमोदन हुन सकेको छैन । गत सेप्टेम्बर ९ मा नेपाल आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले एमसीसीलाई छिटो पास गर्न नेपालका नेताहरुलाई दबाब दिएकी थिइन् ।

















हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया