यी हुन देउवा समुहका प्रदेश सभापतिका आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन आउँन अब मात्र १५ दिन बाँकी छ । पछिल्लो पटक कांग्रेस निर्वाचन समितिले निर्धारण गरेको तालिका अनुसार १४ औं महाधिवेशन अन्तगर्तकै प्रदेश अधिवेशन १६ र १७ गते तोकिएको छ । आफ्नो समुह बलियो बनाउँन गत बिहिबारयता प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले समुह छलफल सुरु गरेका छन् ।
गत बिहिबार प्रधानमन्त्री एवम् सभापति देउवाले आफ्ना समुहका नेताहरुको बैठक बालुवाटारमा डाँके । उक्त बैठकमा सातै प्रदेशमा आफ्नो पकड बनाउँन लबिङ गर्ने र बलियो उम्मेदवार अगाडी सार्न पार्टीका महामन्त्रीदेखि केन्द्रिय सदस्यलाई जिम्मेवारी तोक्ने विषयमा उनले नेताहरुसँग आन्तरिक छलफल गरेका थिए ।
त्यसपछि फेरि सोमबार बसेको देउवा समुहको बैठकमा प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा डा प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ र सुरेन्द्र पाण्डे, लुम्बिनीमा बालकृष्ण खाँण, सुदूरपश्चिम प्रदेशमा एनपी साउद र रमेश लेखक, कर्णालीमा जीवनबहादुर शाही र पूर्णबहादुर खड्कालाई आफनो टिमवाट भित्री तयारी गर्नका लागि जिम्मेवारी दिएर खटाए ।
देउवा निकट एक नेताले मेरोन्यूजलाई दिएको जानकारी अनुसार, देउवाले आफनो समुहवाट आन्तरिक रुपमा प्रदेश कमाण्ड सम्हाल्न जिम्मेवारी तोकेका यी नेताहरुले पार्टीका प्रदेश अध्यक्ष सहितको टिम निर्माण गर्ने, जित्ने उम्मेदवारहरु खोजी गर्ने र छान्ने, यदि छानै नसकेमा सभापतिलाई ने विफ्रिङ्ग गरी आफै छनोट गर्न दिने गरी कामको जिम्मेवारी दिईएको छ । त्यसपछि जिम्मेवारी पाएका नेताहरुले आ-आफनो प्रदेशमा आन्तरिक तयारी शुरु गरिसकेका छन् ।
कुन प्रदेशमा को-को छन् देउवा समुहका आकांक्षी
प्रदेश १
देउवा समुहले प्रदेश १ मा आफनो टिमलाई बलियो बनाउने र नेतृत्वमा सुरक्षित गर्ने गरी पार्टीभित्रकै तेस्रो धारका रुपमा चिनिदै आएका कृष्णप्रसाद सिटौला पक्षसाग सहकार्य गर्न चाहेको छ । कोइराला परिवारको पनि वर्चश्व रहेको र सिटौलाको पनि प्रभाव उत्तिकै रहेको प्रदेशका रुपमा प्रदेश १ लाई कांग्रेसहरुले लिने गरेका छन् । सोही कारण पार्टी सभापति देउवाले यो प्रदेशमा सकभर सिटौला पक्षसाग सहकार्य गर्न चाहेको छ । त्यसका लागि आन्तरिक छलफल शुरु भईसकेको देउवा निकटका नेताहरुको भनाई छ ।
यो प्रदेशको अध्यक्षका लागि देउवा समुहका आकांक्षीमा रामहरि खतिवडा, अमृत अर्याल, भूपेन्द्र कट्टेल देखिएका छन् । उनीहरु तीनमध्ये खतिवडा बलिया उम्मेदवारका प्रत्यासी मानिन्छन् । यता, सिटौला समुहले पनि उद्धव थापा र सुधीर सिवाकोटीलाई प्रदेश सभापतिमा अगाडी बढेका छन् । जसकाकारण कसरी तालमेल मिलाउने भन्नेमा अहिले सिटौला पक्षसँगको आनतकिर छलफलमा देउवा पक्ष जुटेको कांग्रेसभित्र चर्चा छ ।
प्रदेश २
प्रदेश २ मा देउवा समुहबाट अलग भएर यसपटक सभापतिमा उम्मेदवारी नछोडने अडानमा रहेका बिमलेन्द्र निधीको छुटै समुह छ । निधिको प्रदेश २ मा बलियो पकड भएको ठानिन्छ । देउवाले आफै समुहबाट फुटेका निधिलाई नफकाए प्रदेश २ जित्न हम्मे हम्मे पर्ने देउवा समुहकै नेताहरु बताउँछन् ।
निधि समुहबाट दुई नेताहरु रामसरोज यादव र दिनेश यादवले प्रदेश सभापति आफनो पोल्टामा पार्न अघि सरेका छन् । यी दुई मध्ये निधिले रामसरोज यादवलाई प्रदेश सभापति बनाउँने चाहेको वताइन्छ । यता, देउवा समुहबाट प्रदेश सभापतिमा कृष्ण यादव र महेन्द्रराय यादव प्रदेश सभापतिका लागि लबिङ गरिरहेका छन् ।
अर्को अहिलेका केन्द्रिय सदस्य महेन्द्र यादव र अजय चौरासियाले देउवा समुहबाट मधेशीकोटाबाट सहमहामन्त्री नपाए प्रदेश सभापतिमा उठ्ने बताउँदै आएका छन् । निधी समुहले प्रदेशको चुनावमा पौडेल/कोइराला समुहसँग मिल्न सक्ने सम्भावना पनि देखेका छन् । जसकाकारण ति समुहहरु वीच गठजोड हुन नदिने रणनीति पनि देउवा समुहको प्रदेश २ मा देखिएको छ ।
बागमती प्रदेश
वागमती प्रदेशमा देउवा समूहबाट प्रदेशसभा संसदीय दलका नेता मकवानपुरका जिल्ला सभापति इन्द्र बानियाँ र केन्द्रिय सदस्य मोहन बस्नेत आकांक्षी देखिएका छन् । काठमाडौंमा जिल्ला सभापतिमा सिटौला र देउवा समुहले सहकार्य गरेका थिए । बागमति प्रदेशमा पनि सिटौला र देउवा समुह सहकार्यमै जाने तयारीमा रहेका सिटौला समुहका नेताहरु बताउँछन् । सिटौला निकट भीमसेनदास प्रधान पनि प्रदेश सभापतिका आकाक्षी देखिएका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सभापतिका लागि देउवा समूहबाट केन्द्रीय सदस्य शंकर भण्डारी, अर्जुन जोशी, र कुमार खड्का दाबेदारका रुपमा अगाडी देखिएका छन् । उनीहरु मध्येबाट प्रदेश सभापतिको उम्मेदवार छनोट गर्ने तयारी छ । उनीहरु तीन जना मध्ये एक जनालाई गोपालमान श्रेष्ठ र सुरेन्द्र पाण्डले आपसी समझदारीका आधारमा उम्मेदवार छान्ने बताईएको छ ।
लुम्बिनी प्रदेश
देउवा समूहबाट लुम्बिनी प्रदेशमा देवेन्द्रराज कँडेल, भरत शाह, किशोरसिंह राठोर आकांक्षी छन् । कँडेल पूर्वगृहराज्यमन्त्री समेत हुन् । यी तिनमा कँडेल सभापतिका प्रत्यासी बन्ने सम्भावना बलियो रहेको देउवा समुहका एक नेताले बताए ।
सुदूरपश्चिम प्रदेश
सदुरपश्चिम प्रदेशमा देउवा समुहका आकाक्षी बढी रहेका देखिन्छन् । पूर्वराज्यमन्त्री गोविन्द शाहदेखि केन्द्रीय सदस्य वीरबहादुर बलायर कैलालीका जिल्ला सभापति नरनारायण शाह, कञ्चनपुरका पूर्वसभापति बहादुर थापा र बझाङका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहसम्मको प्रदेश सभापतिमा चर्चा छ । यी मध्ये बलिया उम्मेदवारका प्रत्यासी दुई बलायर र शाह रहेको सोही समुहका नेताहरु बताउँछन् ।
कर्णाली प्रदेश
सभापतिमा देउवा समूहले पूर्वसांसद राजीवविक्रम शाह, कालीकोटका पूर्वजिल्ला सभापति कालीबहादुर सहकारी र ललितजंग शाही चर्चा छ । यी तीन मध्ये शाह मुख्य दाबेदार रहेका छन् ।
कांग्रेसको विधान अनुसार प्रदेश सभापति, प्रदेश उपसभापति, प्रदेश महामन्त्री, प्रदेश सहमहामन्त्री, प्रदेश कोषाध्यक्ष र प्रदेश कार्यसमितिका सदस्य रहने व्यवस्था छ । कार्यसमितिमा महिलाको प्रतिनिधित्व हरेक कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत हुने विधानमा समेत उल्लेख गरिएको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया