प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

काठमाडौँ । प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । उनले बुधबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत पाएका हुन् । ९२ सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री राइको पक्षमा ५०, विपक्षमा २९ मत खसेको थियो । जुन प्रदेशसभाको बहुमत संख्या हो । आजको प्रदेशसभाको बैठकमा ७९ सांसदको उपस्थिति रहेका थियो ।
राई गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको दुई सातापछि राईले प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ।
संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने छ । प्रदेश १ मा नेकपा एमालेको बहुमत घुमेपछि एमालेका भिम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि गठबन्धनको तर्फबाट राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसदको आवश्यक पर्छ । प्रदेशसभामा गठबन्धनमा ५० सांसद छन् । यस्तै प्रमुख प्रतिपक्षी दल एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् । यसअघि विश्वासको मत माग्दै मूख्यमन्त्री राईले पक्ष र विपक्ष नभनि मिलेर काम गर्न चाहेको बताएका थिए । उनले विगतका तितामिठा सबै भुलेर प्रतिपक्षसँग पनि मिलेर काम गर्न चाहेको बताए ।
















‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया