गठबन्धन सरकारमा म बलियो छु : प्रचण्ड
प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएको छु

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफु गठबन्धन सरकारमा बलियो रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा स्वास्थ्य केन्द्र उदघाटन गर्न पुगेका प्रचण्डले आफु गठबन्धनमा बलियो रहेको बताएका हुन् ।
‘गठबबन्धन सरकारमा म वलियो नै छु । प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएको छु ।’ प्रचण्डले भने –महोत्तरीको विकासका लागि आफु गठवन्धनका कुरा गर्न सक्ने हैसियतमा रहेको छु । मधेसको उर्जा र सिंञ्चाईका लागि अर्थमन्त्रालयमा पनि यहाँबाट फर्केलगत्तै कुृरा गर्छु ।’
न्यायलयभित्र देखा परेको समस्यामा गठवन्धन गम्भिरतापूर्वक लिएको भन्दै प्रचण्डले अव एक दुई दिनमा पनि समस्या समाधान नभए सत्ता गठवन्धनले चासो लिने पनि प्रचण्डले बताए ।
प्रचण्डले प्रदेश २ मा माओवादी केन्द्रले जिते मात्र मधेसको मुक्ति हुने पनि वताए । उनले अरुले जिते धोका वाहेक केही नहुने भन्दै अव मधेसमा माओवादीको जनलहर चल्नुपर्ने वताए । एमालेको केपी गुट मधेस विरोधी रहेको र एमालेबाट मधेस मुक्तिको सम्भावना नरहेको पनि प्रचण्डको भनाई थियो ।

















हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया