पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न केन्द्र सरकारलाई प्रस्ताव

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न केन्द्र सरकारलाई प्रस्ताव गरेको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव गरेको हो ।
बैठकले पर्यटनको राजधानी बनाउनका लागि आवश्यक मापदण्ड बनाउन प्रदेशको पर्यटन मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न संघीय सरकारलाई प्रस्ताव गरेको गण्डकी सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले बताए ।
औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा हुन सके त्यही अनुसार पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा हुन सक्ने उनले बताए ।
गण्डकी प्रदेशको आर्थिक उत्थान तथा पर्यटन क्षेत्रको पुनरूत्थानका लागि दातृ निकायसँग सहकार्य गर्न उक्त प्रस्ताव गरेको मन्त्री खड्काले बताए ।
यसअघि एमाले नेतृत्वको गण्डकी सरकारले पनि पोखरालाई पर्यटन राजधानी घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गरेको थियो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७८ स्वीकृत गरेको छ ।
प्रदेशलाई डिजिटल गण्डकी प्रदेशको अवधारणा स्वीकृति गर्दै अघि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । डिजिटल गण्डकी अवधारणा कार्यान्वयन गर्न कानुन मन्त्रीको अध्यक्षतामा कार्यान्वयन समिति समेत गठन गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा अवस्थित त्रिवेणी क्षेत्रको विकास गर्न त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम विकास समिति गठन गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार मन्त्री खड्काले बताए ।
मन्त्री खड्काअनुसार, समितिका सचिव कार्यकारी निर्देशकको रूपमा रहने र कार्यकारी निर्देशकको नियुक्ति गण्डकी सरकारले नै गर्नेछ ।










पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया