पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न केन्द्र सरकारलाई प्रस्ताव

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न केन्द्र सरकारलाई प्रस्ताव गरेको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव गरेको हो ।
बैठकले पर्यटनको राजधानी बनाउनका लागि आवश्यक मापदण्ड बनाउन प्रदेशको पर्यटन मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न संघीय सरकारलाई प्रस्ताव गरेको गण्डकी सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले बताए ।
औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा हुन सके त्यही अनुसार पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा हुन सक्ने उनले बताए ।
गण्डकी प्रदेशको आर्थिक उत्थान तथा पर्यटन क्षेत्रको पुनरूत्थानका लागि दातृ निकायसँग सहकार्य गर्न उक्त प्रस्ताव गरेको मन्त्री खड्काले बताए ।
यसअघि एमाले नेतृत्वको गण्डकी सरकारले पनि पोखरालाई पर्यटन राजधानी घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गरेको थियो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७८ स्वीकृत गरेको छ ।
प्रदेशलाई डिजिटल गण्डकी प्रदेशको अवधारणा स्वीकृति गर्दै अघि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । डिजिटल गण्डकी अवधारणा कार्यान्वयन गर्न कानुन मन्त्रीको अध्यक्षतामा कार्यान्वयन समिति समेत गठन गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा अवस्थित त्रिवेणी क्षेत्रको विकास गर्न त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम विकास समिति गठन गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार मन्त्री खड्काले बताए ।
मन्त्री खड्काअनुसार, समितिका सचिव कार्यकारी निर्देशकको रूपमा रहने र कार्यकारी निर्देशकको नियुक्ति गण्डकी सरकारले नै गर्नेछ ।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया