एमाले सुदूरपश्चिममा १६४ जना महाधिवेशन प्रतिनिधि छनोट

कैलाली । नेकपा एमालेको चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट एक सय ६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।
प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा सो पार्टीले उक्त प्रतिनिधि छनोट गरेको बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । १६ निर्वाचन क्षेत्रमध्ये १४ वटामा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले जानकारी दिए ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट भने निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको थियो । निर्वाचन भएका क्षेत्रमा पनि सौहार्दपूर्ण वातावरणमा चुनाव भएको अध्यक्ष थापाले दाबी गरेका छन् । ‘अहिलेको महाधिवेशन प्रतिनिधि छनोट एकदमै एतिहासिक भएको छ’, उनले भने । ‘सौहार्दपूर्ण र पक्षपात रहित भएको छ ।’
१६ वटा संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको अध्यक्ष थापाले बताए ।
भीम रावल पक्षलाई पाखा लगाएर अगाडि बढ्नु भएको छ नी ? भन्ने पत्रकारको प्रश्नमा उनले भने । ‘एमालेमा कुनै पनि गुट छैन् । सबैलाई समेटेर अगाडि बढेको छौँ ।’ राष्ट्रिय महाधिवेशनका लागि कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको छ ।
यस्तै दार्चुलामा १२ बझाङ १६, बैतडीमा १४, डडेल्धुरामा ११, बाजुरामा २१, कञ्चनपुरमा १६, डोटीमा १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश कमिटिले जनाएको छ ।


















पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया