बुधबार, फागुन २०, २०८२

गणपति ज्वेलर्सको विवाह उत्सव योजना सार्वजनिक

मेरोन्यूज २०७८ मंसिर २ गते १२:१८

काठमाडौँ । विवाहको महिनालाई लक्ष्य गरेर गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा मिलाउने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

‘विवाह उत्सव’ योजना यो मंसिरदेखि २ महिना चल्ने ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाए । ‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्ने तमाम ग्राहक वर्गलाई शुभ कामनासहितको आग्रह गर्दैछौं,’ बेगानीले भने, ‘गणपतिसँगको विवाह उत्सवले तपाईंलाई जीवन भरको मिठो सम्झना दिनेछ ।’

काठमाडौँ न्युरोड विशाल बजारको जनसेवासँगै रहेको ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हिराको कारोबार गर्दै आएको छ । ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मिठा सम्झनाहरुको गहनाले पनि सजाउने विश्वास बेगानीले व्यक्त गरेका छन् ।

‘हाम्रो योजनाले आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास गरेका छौँ, हामी यस्तैयस्तै आकर्षक योजना आगामी दिनहरुमा पनि ल्याउने तयारीमा छौं,’ बेगानीले भने, ‘हाम्रो उद्देश्य नै हाम्रा ग्राहकलाई गुणस्तरीय गरगहना उपलब्ध गराउने र उहाँहरुको जीवनलाई झकिझकाउ बनाउने, खुसी र आनन्ददायी बनाउने हो ।’

प्रतिक्रिया