मंगलबार, जेठ ६, २०८२

ब्राजिलका एक युवाले गरे एकैपटक नौ जनासँग विवाह

मेरोन्यूज २०७८ मंसिर ३ गते १०:०७

काठमाडौँ । ब्राजिलमा एक युवाले नौ जना युवतीसँग विवाह गरेका छन् । आर्थर ओ नाम गरेका ती युवाले पहिलो श्रीमतीसहित एकैपटक आठ युवतीसँग विवाह गरेका हुन् ।

उनी भन्छन्, ‘मेरो देशमा एकल विवाहको अवधारणा छ, म यसलाई पूरा गर्न चाहन्छु, म चुनौती दिन चाहन्छु, त्यसैले मैले मेरी श्रीमतीसँगै थप ८ जना महिलासँग विवाह गरेँ ।’

समाचार जनाइएअनुसार आर्थर पहले विवाहित रहेका थिए । पत्नी लुआना कजाकीबाहेक उनले एकैपटक आठ जना युवतीसँग विवाह गरेका हुन् ।

महामारीको समयमा यो जोडीले मानिससँग सेक्स टिप्स सेयर गर्दै आएका थिए । यसबारे दुवै जना भन्छन्, ‘हामी हरेक जोडीको वैवाहिक जीवन राम्रो होस् भन्ने चाहन्छौँ ।’

पछिल्लो समय आर्थरले एकैपटक आठ युवतीसँग विवाह गरेसँगै पुनस् चर्चामा आएका छन् ।

प्रतिक्रिया