गृहमन्त्रीको दाबीः घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणाली वडास्तरसम्म विस्तार

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले विविध कठिनाइका बाबजुद् घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडास्तरसम्म विस्तार गरिएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा भएको घटना दर्ता तथा तथ्यांक व्यावस्थापन सम्बन्धि सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री खाणले आफूहरुले सन् २०२४ सम्म घटना दर्तालाई सतः प्रतिशत पु¥याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम काम गरिरहेको बताए ।
सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री खाणलेघटना दर्ता तथा तथ्यांक व्यवस्थापनसन्बम्धी प्रणाली सुदृढीकरण गर्ने सन्दर्भमा देखिएका चुनौती समाधान गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
एशिया तथा प्यासिफिक क्षेत्रका दुई दर्जन बढी सदस्य राष्ट्रहरूको सहभागितामा आयोजित सम्मेलनमा नेपालको नेतृत्व गर्दै गृहमन्त्री खाणले सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा घटना दर्ता तथा तथ्यांक व्यावस्थापन कार्यलाई महत्वपूर्ण योगदान गर्ने बताए ।
सबै नेपालीको समयमा नै जनसांख्यिक विवरण अध्यावधिक गर्न र राष्ट्रिय परिचय कायम गर्न घटना दर्ता तथा तथ्यांक व्यावस्थापन प्रणाली आधारको रूपमा रहने बताउँदै उनले यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समिक्षा गर्न सम्मेलन आयोजना भएको हो । यसभन्दा अघि सम्मेलन नोभेन्वर १६ देखि १९ सम्म थाइल्याण्डको बैंककमा आयोजना भइरहेको छ ।
सम्मेलनलाई गृहमन्त्री खाणले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको हलबाट भर्चुअल सम्बोधन गरेका थिए ।
सम्मेलनलाई सम्बोधनपछि गृहमन्त्री खाणले विभाग र राष्ट्रिय परिचय पत्र निर्माणको सिष्टमबारे जानकारी लिएका थिए ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया