खेलकुदमन्त्रीले झण्डा हल्लाए, महानायक हमालले सिठ्ठी फुके
मेरोन्यूज
२०७८ मंसिर ४ गते १४:५९

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताएका छन् ।
नेपालगञ्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गर्दै मन्त्री गहतराजले खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेको बताए ।
उनले नेपालगञ्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सूचिकृत गराउन पहल गर्ने पनि आश्वासन दिए ।
म्याराथनको उद्घाटनका क्रममा मन्त्री गहतराजले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिठ्ठि फुकेका थिए ।
महानायक हमालले नेपालगञ्ज खेलकूदको शहर भएको भन्दै प्रशंशा गरे । उनले स्वास्थ्यसँग सम्बन्धित नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमै स्थापित गराउनुपर्नेमा जोड दिए ।
सम्बन्धित









अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया