भू–उपयोग नियमावली निर्माण अन्तिम चरणमाः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको बताएकी छन् ।
उग्रचण्डी नाला समाजको शनिवार काठमाडौंमा भएको चौथो सधारणसभाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यवसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन् ।
उनले भू–उपयोग नीति अनुसार कृषि योग्य जमिन र किसानहरुको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यवसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीति अनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको बताइन् ।
मन्त्री श्रेष्ठले, भूमिहिन दलित, भूूमिहिन सुकुुम्वासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल शुरु गरिसकेको बताइन् ।
राष्ट्रिय सार्वभौमसत्ता र विकास अभिभाज्य हुने भन्दै विकास निर्माणका काममा यो मेरो र तेरो नभनी एक भएर लाग्न पनि मन्त्री श्रेष्ठले सबैैलाई आग्रह गरेकी छन् ।
मन्त्री श्रेष्ठले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृकि सम्पदाले महत्वपूर्ण हुदादुदै पनि प्रचार–प्रसार र संरक्षणको अभावमा अगाडि आउन नसकेको भन्दै नालासँगै काभ्रे जिल्लाकै विकासमा आफू सहयोग गर्न तयार रहेको पनि बताइन् ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया