सोमबार, चैत ३०, २०८२

माओवादी केन्द्रको वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन

मेरोन्यूज २०७८ मंसिर ५ गते ६:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिबार देशभर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सम्मेलन सम्पन्न भएका वडाको तथ्यांक संकलन भइरहेको र आइतबारसम्म त्यसको विवरण सार्वजनिक हुने उनले बताए ।

प्राविधिक कारणले केही वडामा सम्मेलन हुन नसकेको र आजसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उनले जानकारी दिए । माओवादीले शनिबार देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो ।

पछिल्ला समय सांगठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मंसिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मंसिर २५ गते प्रदेश सम्मेलन हुनेछ ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

प्रतिक्रिया