बुधबार, मंसिर २४, २०८२

कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर ५ गते १०:४२

काठमाडौँ । बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा दाङकी महिला र बाँकेका पुरुष रहेका छन् । मंसिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका ७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको हो ।

यस्तै मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका ५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४१ पुगेको छ ।

प्रतिक्रिया