पार्टीका चुनाव लड्ने पत्रकारलाई महासंघको कडा चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासघले पार्टीको चुनाव लडने पत्रकारहरुलाई विधान तोडेर चुनाव लडे कारवाही गर्ने चेतावनी दिएको छ । विभिन्न् राजनीतिक दलका अधिवेशन , सम्मेलनहरुमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति देखि अन्य तह र जिम्मेवारीमा रहेका पत्रकार नै उम्मेदवार बनेर चुनाव उठन थालेपछि महासंघले त्यसमा गम्भिर धयानाकर्षण भएको भन्दै कारवाहीको चेतावनी दिएको हो ।
महासंघका महासचिव रोशन पुरीले आज एक वक्तब्य जारी गदै विधानको धारा र गत दामन केन्द्रीय समिति बैठकको निर्णय स्मरण गराउँदै त्यसप्रति वेवास्था गरे स्पष्टीकरण सोधेर कारवाही गर्न सक्ने वताएका हुन् ।
‘नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ’ महासचिव पुरीद्दारा जारी वक्तब्यमा भनिएको छ,–
‘प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ । ’
महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६)ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने उल्लेख छ ।
तर अहिले महासंघकै केन्द्रीय उपाध्यक्ष वाला अधिकारी ओखलढुंगावाट महासमिति सदस्य उम्मेदवार, सचिव दिपेन्द्र चौहान विरगञ्ज उपमहानगरका सभापति उम्मेदवार , केन्द्रीय सदस्सयहरु सरिता तिमल्सिना पंगेनी महासमिति सदस्य उम्मेदवार केन्द्रीय सदस्य छविलाल तिवारी प्रदेश सचिव लगायतमै उम्मेदवार छन् ।
यस विषयमा चर्काे आलोचना हुन थालेपछि महासंघ महासचिव पुरीले वक्तब्य नै जारी गरी राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यानाकषर्ण गराएका हुन् ।
‘गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३।५। मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’ भन्ने व्यवस्था रहेकाले उक्त बुँदा कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिवद्ध रहेको जानकारी गराउँछौँ ।’पुरीले वक्तब्यमा भनेका छन् ।
कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्रको कुरा अहिले स्मरणीय बनेको भन्दै महासंघले महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्धमा रहेको प्रष्ट पारेको छ । महासंघको विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्दै महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न पनि महासंघले आग्रह गरेको छ ।


















डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया