प्रधानन्यायाधीशको अधिकार कटौती नभएसम्म बिचौलिया पाल्ने काम रोकिदैँनः बार अध्यक्ष (भिडियाे)

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताएका छन् ।
आइतबार नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म विचौलिया पाल्ने काम नरोकिने बताए ।
न्यायपरिषद्बाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अझैपनि प्रधानन्यायाधीशले लिइराखेको र सोही अधिकारमार्फत् आफू अनुकूलको काम गर्नसक्ने उनको भनाई छ ।
भिडियाे
गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनको आग्रह छ । अध्यक्ष श्रेष्ठले चोलेन्द्र शमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताए ।
उनले आगामी दिनमा प्रधानन्यायाधीश जबराको विरुद्धमा राजनीतिक दल कहाँ र संसदमा पनि जाने भन्दै उनी जानुअघि नै राजीनामा दिन चेतावनी दिए ।


















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया