शान्ति सम्झौताको १५ वर्षः शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने प्रचण्डको प्रतिवद्धता

काठमाडौं । तत्कालिन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको छ ।
शान्ति सम्झौताको १५ वर्ष पुगे पनि युद्ध अवधिमा घटेका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न भने अझै बाँकी नै छ । तत्कालिन जनयुद्धका कमाण्डर हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रचण्डले आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको जनाएका छन् ।
‘युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ ।’ –प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तराष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामि अधिवेशनमा टुंगोमा पुराउन र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध रहेको उनले जनाएका छन् ।
शान्ति सम्झौता भएको दिनको स्मरण गर्दै उनले प्रतिवद्धता पुरा गर्न सवै सम्वद्ध पक्षबाट सहयोगको अपेक्षासमेत गरेका छन् ।

















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया