शाओमीको टिभी र फोन किन्दा विशेष छुट

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप फोन पोको एफ ३ जीटी र मी टिभिमा पाँच हजार रुपैंया बराबरको छुट ल्याएको छ ।
आफ्नो उपभोक्ताहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको हो ।
टर्बो एमोलिड डिस्प्ले र फ्ल्याग्शिप मिडिया टेक चिपसेटयुक्त यो फोनमा १२० हर्जको रिफ्रेश रेट र ४८० हर्जको टच स्याम्प्लिङ् रेट रहेको कम्पनीले जनाएको छ ।
यो म्याग्लेव ट्रिगर भएको प्रिमियम स्मार्टफोन भएकाले एक स्विचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
त्यसैगरि मी टिभि एन्ड्रोइडमा चल्ने र यो टिभिमा रेकमेन्डेसन् सिस्टम रहेकाले अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्महरु सपोर्ट गर्ने जनाइएको छ ।
कम्पनीको स्मार्ट फोन र टिभीमा पुरानो मूल्य भन्दा कम मूल्यमा विक्री गरिएको पनि जनाएको छ । कम्पनीले पोको एफ ३ जीटीलाई ५१ हजार ९ सय ९९ र मी टिभिलाई २९ हजार ९ सय ९९ रुपैयाँ मूल्य कायम गरेको छ ।
पोको एफ ३ जीटीमा एक वर्षको बीमा पनि रहेको भन्दै आधिकारिक बिक्री केन्द्रहरुबाट खरिद गर्दा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । बीमा योजना भने सीमित अवधिको लागि मात्र लागू हुने जनाइएको छ ।









नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया