नेप्सेमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकको वृद्धि भएको छ ।
सोमबार नेप्से ७.९० अंकले बढेर दुई हजार सात सय ६५ दशमलव ४४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमवार कारोबार रकम भने बढ्न सकेको छैन । सोमवार नेप्सेमा ३ अर्ब ९२ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार सोमबार मानुषी लघुवित्त वित्तीय संस्था र चन्द्रागीरी हिल्सको शेयरमूल्य पोजेटिभ सर्किट देखिएको छ ।
त्यस्तै, सोमवार कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा सोमबार सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले ३४ करोड भन्दा बढीको कारोबार गरेको छ ।
आइतबारको कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहमको मूल्य बढेको छ । जसमा बैंकिङ समूहको २.८९ अंक, ट्रेडिङ १५.८३ , होटल तथा टुरिजम १४९.७६, जलविद्युत १०.९२, निर्जीबन बीमा ९९.४८ बढेको छ ।
त्यस्तै, माइक्रोफाइनान्स १४.५७ , जीवन बीमा समूहको उपसूचक ७.०८, विकास बैंक ३४.९९, उत्पादन तथा प्रशोधन २४.९१ अंकले घटेको छ ।
साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक ११.६० अंकले गिरावट आएको थियो ।









प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया