नेप्सेमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकको वृद्धि भएको छ ।
सोमबार नेप्से ७.९० अंकले बढेर दुई हजार सात सय ६५ दशमलव ४४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमवार कारोबार रकम भने बढ्न सकेको छैन । सोमवार नेप्सेमा ३ अर्ब ९२ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार सोमबार मानुषी लघुवित्त वित्तीय संस्था र चन्द्रागीरी हिल्सको शेयरमूल्य पोजेटिभ सर्किट देखिएको छ ।
त्यस्तै, सोमवार कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा सोमबार सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले ३४ करोड भन्दा बढीको कारोबार गरेको छ ।
आइतबारको कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहमको मूल्य बढेको छ । जसमा बैंकिङ समूहको २.८९ अंक, ट्रेडिङ १५.८३ , होटल तथा टुरिजम १४९.७६, जलविद्युत १०.९२, निर्जीबन बीमा ९९.४८ बढेको छ ।
त्यस्तै, माइक्रोफाइनान्स १४.५७ , जीवन बीमा समूहको उपसूचक ७.०८, विकास बैंक ३४.९९, उत्पादन तथा प्रशोधन २४.९१ अंकले घटेको छ ।
साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक ११.६० अंकले गिरावट आएको थियो ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया