बुधबार, वैशाख २३, २०८३

डिएसपी कार्की प्रदेशकै सर्वोत्कृट प्रहरीबाट सम्मानित

मेरोन्यूज २०७८ मंसिर ७ गते ७:०३

काठमाडौँ । छिमेकीको हत्या गरी शौचालयको ट्यांकीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

Advertisement
NiccNicc

प्रदेश १ को प्रदेश प्रहरी कार्यालयले सोमबार कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त सम्मान तथा पुरस्कार दिएको हो । गौरादह नगरपालिका ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँ गत कात्तिक ११ गतेदेखि हराइरहेका थिए ।

परिवारले उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो । तलास गर्ने क्रममा स्थानीयवासी महमद सद्दामको घरबाहिर शौचालयको सेफ्टी ट्यांकीभित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा मियाँको शव कात्तिक २६ गते भेटिएको थियो ।

सर्वोत्कृष्ट प्रहरी घोषित कार्कीको उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स पोस्टर १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नं प्रदेशअन्तर्गत रहेका प्रथम श्रेणीका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने भएको छ ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं प्रदेशभरिका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।

प्रतिक्रिया