डिएसपी कार्की प्रदेशकै सर्वोत्कृट प्रहरीबाट सम्मानित
काठमाडौँ । छिमेकीको हत्या गरी शौचालयको ट्यांकीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रदेश १ को प्रदेश प्रहरी कार्यालयले सोमबार कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त सम्मान तथा पुरस्कार दिएको हो । गौरादह नगरपालिका ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँ गत कात्तिक ११ गतेदेखि हराइरहेका थिए ।
परिवारले उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो । तलास गर्ने क्रममा स्थानीयवासी महमद सद्दामको घरबाहिर शौचालयको सेफ्टी ट्यांकीभित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा मियाँको शव कात्तिक २६ गते भेटिएको थियो ।
सर्वोत्कृष्ट प्रहरी घोषित कार्कीको उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स पोस्टर १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नं प्रदेशअन्तर्गत रहेका प्रथम श्रेणीका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने भएको छ ।
प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं प्रदेशभरिका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।
















बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया