मंगलबार, फागुन १९, २०८२

शाओमीकोे मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा

मेरोन्यूज २०७८ मंसिर ७ गते २२:१६

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ ।

छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी रहेको कम्पनीले जनाएको छ ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण रहेकाले यसको सहायताले बाहिरी पावर सप्लाई बिनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा, जहाँँ भए पनि पूर्ण आत्मविश्वासको साथ इनफ्लेट गर्न सकिने जनाइएको छ ।

त्यस्तै, मी एयर प्युरिफायर–३ शाओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर भएको पनि कम्पनीले जनाएको छ ।
शाओमीमा अत्याधुनिक उत्पादन खोज्ने उपभोक्ताको लागि उत्कृष्ट प्रदर्शन गर्ने र आकर्षक डिजाइनयुक्त उत्कृष्ट प्रविधिको आविष्कारहरू ल्याउन केन्द्रित रहेको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी बताए ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य रु ५ हजार ९९९ रहेको छ भने मी एयर प्युरिफायर–३ को मुल्य रु २३ हजार ४९९ रहेको छ । यी दुवै उत्पादनहरु मंसिर ७ गतेदेखि नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुने कठोरीले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया