बिहीबार, मंसिर २५, २०८२

कांग्रेस महाधिवेशन : पर्वतका सांसदद्वय महाधिवेशन प्रतिनिधिमा पराजित

मेरोन्यूज २०७८ मंसिर १० गते ९:५५

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पर्वतमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार रहेका सांसदद्वय लालकाजी गुरुङ र ललितकला गुरुङ पराजित भएका छन् ।

लालकाजी संघीय र ललितकला गुरुङ गण्डकी प्रदेश सांसद हुन् । उनीहरू संस्थापन इतरको समूहमा थिए । दुवै समानुपातिकतर्फबाट सांसद बनेका थिए ।

गत मंगलबार एकमात्र निर्वाचन क्षेत्र रहेको अधिवेशनको नतिजा बिहीबार राति आएको हो । पर्वतमा जिल्ला अधिवेशनसँगै महाधिवेशन प्रतिनिधिको पनि निर्वाचन भएको थियो ।

प्रतिक्रिया