शुक्रबार, वैशाख ४, २०८३

एमालेको दशौं महाधिवेशन उद्घाटन कार्यक्रम शुरु

मेरोन्यूज २०७८ मंसिर १० गते १३:०७

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशैं महाधिवेशनको उदघाटन शत्र औपचारिक रुपमा चितवनको नारायणी नदी किनारामा शुरु भएको छ । देशभरका एमाले नेता कार्यकर्ताहरु यतिवेला चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा कुम्भमेलामा जुटेको छ ।
देशभरबाट नेता कार्यकर्ताहरु विभिन्न झाँकी र रयाली सहित चितवन उर्लिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उदघाटन समारोहमा परिणत भईरहेको छ । कतिपय जुलुस कार्यक्रमस्थलमा जाादैछ । पूर्वी नेपालबाट आएकाहरुको जुलुस भरतपुर बस टर्मिनल (पारस बसपार्क)बाट र पश्चिम नेपालबाट आएकाहरुको जुलुस गैंडाकोटतर्फबाट निस्किएको छ ।

त्यस्तै, आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका छन् । ठूला जुलुस भने भरतपुर बसपार्क, आँपटारी र गैंडाकोटबाट कार्यक्रमस्थल प्रवेश गरेको छ ।

एमालेको यो महाधिवेशनको उदघाटन अध्यक्ष केपी ओलीले केही वेरमा गर्नेछन् । एमालेको नवौं महाधिवेशन काठमाडौंमा भएको थियो

७ वर्ष ४ महिना १० दिन अगाडी एमालेको नवौं महाधिवेशन सम्पन्न भएको थियो । त्यही महाधिवेशनवाट एमालेमा ओली अध्यक्ष चुनिएका थिए । अहिले ओलीलाई चुनौति दिन सक्ने नेता एमालेमा छैनन माधव नेपाल ,झलनाथ खनाल र वामदेव गौतम लगायत नेताहरु यो महाधिवेशन गरिरहँदा एमालेसँग छैन । त्यही भएर पनि एमालेमा ओली झन शक्तिशाली बनेका छन् ।

यो महाधिवेशनवाट एमालेले १५ सदस्यीय पदाधिकारी सहित २२५ जनाको नयाँ केन्द्रीय कमिटि चयन गर्ने छ ।

आज उदघाटछन सत्र सकिएपछि सौराहमा एमालेको भोलि विहानवाट वन्दशत्र शुरु हुनेछ ।

एमाले महाधिवेशनमा प्रधानमन्त्री तथा काग्रेसका सभापति शेरवहादुर देउवा पनि शुभकामना दिन पुग्दैछन् । माओवादी केन्द्रले भने पार्टी नेता लीलामणि पोखरेललाई पठाएको छ । अन्य पार्टीका शीर्ष नेताहरु पनि मञ्चमा पुगिसकेका छन् । कार्यक्रम प्रदीप ज्ञवालीले चलाईरहेका छन् ।

प्रतिक्रिया