शुक्रबार, वैशाख ४, २०८३

अन्तरिक्षमा पनि हाम्रो स्थान छः ओली

मेरोन्यूज २०७८ मंसिर १० गते १६:१९

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिक्षमा पनि नेपालको स्थान रहेको बताएका छन् ।

एमालेको चितवनको सौराहामा जारी दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले धर्तिको अर्बिड छेंडेर सानो भूउपग्रह अन्तरिक्षमा पठाइसकेको बताए ।

उनले भूपरिवेष्ठित मुलुकको रुपमा रहेको नेपाललाई भू–जडित अवस्थामा पु¥याएको दाबी गरे ।

‘हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो । समुन्द्रमा हामी पुग्न सकेका छैनौं तर म साथीहरुलाई स्मरण गराउन चाहन्छु, हामीले धर्तीको अर्बिट छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ ।’– ओलीले भने ।

अन्तरिक्षबाट स्याटेलाइटबाट काम गर्ने भन्दै उनले स्याटेलाइटका लागि हाम्रो मार्ग रहने बताए । स्याटेलाइटका लागि अरुले लिएको मार्ग आफ्नो नेतृत्वको सरकारले नेपालको बनाएको ओलीको भनाइ थियो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया