शुक्रबार, वैशाख ४, २०८३

घनश्याम भुसालले गरे एमाले उपाध्यक्षमा उम्मेदवारी घोषणा

मेरोन्यूज २०७८ मंसिर १० गते १९:३९

चितवन । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको जारी दशौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् । एमाले विधानअनुसार बरिष्ठ उपाध्यक्षसहित एमालेमा चार उपाध्यक्ष निर्वाचित हुनेछन् ।

एमाले भित्रकै तेस्रो धार मध्येबाट नेता भीम रावलले यसअघि नै अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन् ।

सम्भवतः रावल नेतृत्वको समूहबाट पदाधिकारीको अधिकांश पदमा उम्मेदवारी दिने तयारी भएको बताइएको छ । यो समूहका नेता योगेश भट्टराई भने ओली नजिक भएर सचिव पद लिने दाउमा देखिएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले भने सहमति र समझादारीबाटै एमाले नयाँ टिम बन्ने बताउँदै आएका छन् । शुक्रबार महाधिवेशनको उदघाटन समारोहमा पनि ओलीले एकता र सहमति गरी सन्देश दिने बताएका थिए ।

एमाले विभाजनकाबेला १० बुँदे सहमति गरी रावल समूह एमालेमै फर्किएको थियो । तर अहिलेसम्म पनि १० बुँदे कार्यान्वयन नभएको भन्दै यो समूह असन्तुष्ट रहँदै आएको छ ।

एमाले बृत्तमा भने यो समूहको उम्मेदवारी देखावटी मात्रै रहेको बताउँदै चर्चा छ । चुनाव नै लडे भने रावल समूह नराम्रो गरी पराजित हुने अड्कलबाजी एमालेभित्रै चलेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया