शुक्रबार, वैशाख ४, २०८३

एमालेमा नयाँ प्रस्ताव

एमालेको केन्द्रीय कमिटीको संख्या बढने, पदाधिकारी संख्यामा अझै छलफल जारी

मेरोन्यूज २०७८ मंसिर १० गते २२:२६

चितवन । नेकपा एमालेको केन्द्रीय कमिटीको संख्या बढने भएको छ । बिधान महाधिवेशन ले १५ पदाधिकारी सहित २२५ सदस्यीय केन्द्रीय समिति बनाउने गरि बिधान पारित गरे पनि अहिले केन्द्रीय समिती संख्या बढाउने समझदारी भएको छ । अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुबीच भएको छलफलमा २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०१ बनाउने सहमति भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

साथै पोलिटब्यूरो पनि राख्ने सहमति भएको छ । नेताहरु को ब्यबस्थापन का लागि पदाधिकारी संख्या बढाउन ओलीलाई दबाब परिरहेको छ । तर पदाधिकारी संख्या बढउने कि नबढाउने भन्ने टुंगो लागेको छैन । यसबारे छलफल चलिरहेको एक नेताले जानकारी दिए ।

नयाँ नेतृत्व चयनका लागि शुक्रबारदेखि दशौं महाधिवेशनमा जुटेको एमालेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक अहिले केहीबेरमा सौराहमा बस्दैछ । यो बैठकमा नेताहरुबीच भएको सहमतिअनुसार विधान संशोधनको प्रस्ताव आउने स्रोतले बताएको छ ।

प्रतिक्रिया