एमाले महाधिवेशन : नेतृत्व चयन गर्न बन्दसत्र सुरु हुने
मेरोन्यूज
२०७८ मंसिर ११ गते ६:५२

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनको दोस्रो दिन आज नेतृत्व चयन गर्न बन्दसत्र सुरु हुने भएको छ । चितवनको नारायणी नदी किनारमा शुक्रबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सौराहास्थित होटल सेभेनमा हुने भएको हो ।
अधिवेशनका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शनिबार बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने जानकारी दिएका हुन् । बन्दसत्रको उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरूले सम्बोधन गर्ने भएका छन् ।
एमाले महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट विदेशी प्रतिनिधि नेताहरू सहभागी भएका छन् । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन भोलि आइतबारसम्म चल्ने छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया