पार्टी अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । पार्टीको १० औँ महाधिवेशनमा चलिरहँदा उनले एक्लै भए पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् ।
शुक्रबारदेखि चितवनमा जारी पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्ने तयारी गरिरहँदा उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । पत्रकारहरूले तपाईलाई वरिष्ठ उपाध्याक्ष दिने भनिएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘यो गलत कुरा हो, तपाईले भनेको जस्तो होइन्, मैले दाबी गरेको पनि छैन, दरखास्त हाल्छु, पार्टीको नियमअनुसार मैले कुनै टिम बनाएको छैन, एक्लै उम्मेदवारी दिन्छु ।’
उनले केन्द्रीय कमिटीको बैठकमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेबारेमा कुनै छलफल नभएको बताए । उनले आफूप्रति एमालेका नेताहरूको साथ समर्थन रहने विश्वास व्यक्त गरे ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया