पार्टी अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । पार्टीको १० औँ महाधिवेशनमा चलिरहँदा उनले एक्लै भए पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् ।
शुक्रबारदेखि चितवनमा जारी पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्ने तयारी गरिरहँदा उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । पत्रकारहरूले तपाईलाई वरिष्ठ उपाध्याक्ष दिने भनिएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘यो गलत कुरा हो, तपाईले भनेको जस्तो होइन्, मैले दाबी गरेको पनि छैन, दरखास्त हाल्छु, पार्टीको नियमअनुसार मैले कुनै टिम बनाएको छैन, एक्लै उम्मेदवारी दिन्छु ।’
उनले केन्द्रीय कमिटीको बैठकमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेबारेमा कुनै छलफल नभएको बताए । उनले आफूप्रति एमालेका नेताहरूको साथ समर्थन रहने विश्वास व्यक्त गरे ।









अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
आजका लागि सागसब्जी र फलफूलको मूल्य
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
प्रतिक्रिया