नुवाकोट कांग्रेस सभापतिमा रमेश महत विजयी, अर्जुन नरसिंह केसी जिल्लामै बढारिए

काठमाडौं । नुवाकोट कांग्रेस राजनीतिमा हैकम जमाउँदै आएका कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसी गृह जिल्ला नुवाकोटमा बढारिएका छन् ।
उनको समूहविरुद्धमा कांग्रेसका रामशरण महत, डा प्रकाशशरण महत र बहादुर तामाङले गठवन्धन बनाएर चुनाव लडेपछि केसी प्यानल क्षेत्र, जिल्ला सवैतिर वढारिएको छ ।
यद्यपी, स्थानीय तहमा भने दुई ओटा नगरपालिकासहित ५ ओटामा केसी प्यानलको अध्यक्ष निर्वाचित भएको छ ।
केन्द्रमा रामशरण महत र अर्जुन नरसिंह केसी एउटै समूहमा भएपनि जिल्लाको हकमा भने रामशरण महतले देउवा पक्षमा रहेका भाइ डा प्रकाशशरण महत र बहादुर तामाङसँग मोर्चावन्दी गरेर केसी समूहविरुद्ध चुनावी प्रतिष्पर्धामा गएको थियो ।
देउवा पक्षमा रहेका भाइ प्रकाशशरण निकटका ध्रुव श्रेष्ठलाई क्षेत्र नम्वर १ र बहादुर तामाङ निकटका जगत तामाङलाई क्षेत्र नम्वर २को क्षेत्रीय सभापति दिएर रामशरण महतले भतिज रमेश महतलाई जिल्ला सभापतिमा उम्मेदवार बनाएका थिए ।
अर्जुननरसिंह केसीले पनि भाइ केदार नरसिंह केसीलाई सभापति उठाएका थिए ।
अर्जुननरसिंह केसीका भाइ जगदिश नरसिंह केसी दुई कार्यकाल सभापति भएपछि यसपटक विधानले उनलाई चुनाव उठ्न दिने थिएन । सोही कारण केदार नरसिंह केसी चुनावी प्रतिस्पर्धामा थिए ।
प्रदेश र क्षेत्रीय अधिवेशनसम्म केसी समूह भन्दा रामशरण, प्रकाशशरण र बहादुरको समूह झण्डै २ सय मतले अगाडि थियो । तर जिल्ला सभापतिको चुनावमा भने जम्मा १० मतले रमेश महत विजयी भएका हुन् । जिल्ला कार्य समितिमा महतको प्यानललै निर्वाचित भएको छ । महतको ८३३ मत र केसीको ८२३ मत रहेको छ ।
उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ राजु थापा बिजयी भएका छन् । तामाङको ८४६ मत र थापाको ७५१ मत रहेको छ । थापाले केसी प्यानलका उपसभापति उपेन्द्र कुइँकेल भन्दा ३ मत बढी ल्याएर निर्वाचित भए । कुइँकेलको ७४८ मत रहेको छ ।
उससभापति पदका अर्का उम्मेदवार होमबहादुर तामाङको मत ६८२ रहेको छ । उनी केसी प्यानलका हुन् । उपसभापति पदका स्वतन्त्र उम्मेदवार ठाकुरजंग पाण्डेले ८७ मत प्राप्त गरेका छन् ।
सचिवमा बैकुण्ठ मिश्र ९ सय मत ल्याएर र श्रीराम श्रेष्ठ ८२९ मत ल्याएर निर्वाचित भएका छन् । सचिव पदमा केसी प्यानलबाट उम्मेदवारी दिएका शिबप्रसाद दाहालको ७०२ मत र शंकर पाण्डेको ६७९ मत रहेको छ ।
सहसचिवमा उत्तम पाठक ८ सय ८८ मतसहित र यादवप्रसाद नेपाल ८ सय २३ मत लिएर निर्वाचित भएका छन् । सहसचिव पदका उम्मेदवारहरु झमकराज गुरुङको ६ सय ८८ मत र रुपबहादुर तामाङ ६ सय ८४ मत आएको छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया