एमाले महाधिवेशन
यस्तो बन्दैछ एमाले केन्द्रीय कमिटी
तीय सय एक सदस्य केन्द्रीय कमिटी निर्वाचित हुने

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट ३ सय १ सदस्य केन्द्रीय कमिटी निर्वाचित हुने भएका छन् ।
शुक्रबार राति बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको थियो । विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको थियो ।
केन्द्रीय कमिटीको अन्तिम बैठकको निर्णयअनुसार, एमाले केन्द्रीय कमिटीमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना गरी १९ सदस्यीय पदाधिकारी (सचिवालय) रहनेछ ।
यस्तै, ४५ सदस्य स्थायी समिति र ९९ सदस्य पोलिटब्यूरो बन्नेछ । स्थायी समिति र पोलिटब्यूरो भने महाधिवेशनपछि केन्द्रीय कमिटीबाट चयन गरिनेछ ।
यस्तै, एमाले महाधिवेशनबाट केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग निर्वाचित हुनेछ ।
अनुशासन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना हुनेछन् भने सदस्य संख्या २२ रहनेछ ।
लेखा आयोगमा पनि अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना र सदस्य संख्या २२ नै रहनेछ । सल्लाहकार परिषद् भने केन्द्रीय कमिटीले मनोनयन गर्नेछ ।


















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया