कांग्रेस रुपन्देहीको सभापतिमा खाँण सर्वसम्मत
मेरोन्यूज
२०७८ मंसिर ११ गते २१:०९

नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मतरूपमा चयन भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत उनी सभापतिमा सर्वसम्मत छानिएका हुन् ।
सभापतिमा चयन भएका खाँण यसअघि जिल्ला सचिव थिए । जिल्ला कार्यसमितिको उपसभापतिमा डा अनिता ढुङ्गाना शाह र थानेश्वर घिमिरे निर्विरोध चयन भएका छन् । उपसभापतिमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि दुवै जना निर्विरोध छानिएका हुन् ।
यसैगरी सचिवमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा वासुदेव रिमाल र विष्णु थापा सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।
सचिवमा उम्मेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिएका बालकृष्ण पौडेलले उम्मेदवारी फिर्ता लिएपछि दुवै पदमा सर्वसम्मती भएका हुन् । जिल्ला सदस्य पनि सर्वसम्मत चयन गरिएको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया