शुक्रबार, वैशाख ४, २०८३

एमाले महाधिवेशन

ओलीले भोलि बन्दसत्रमा केन्द्रीय समितिको प्यानल प्रस्ताव गर्ने

मेरोन्यूज २०७८ मंसिर ११ गते २१:२८

काठमाडौं । नेकपा एमालेले अबको पार्टीको पदाधिकारीदेखि सदस्यहरुसम्मको नाम छनौटको जिम्मा केपी ओलीलाई दिएपछि उनले आइतबारको बन्दसत्रमा नाम प्रस्ताव गर्ने भएका छन् ।

शनिवार बन्दसत्रमा विष्णु पौडेलले ओलीलाई पदाधिकारी तथा सदस्य छान्न दिने प्रस्ताव गरेका थिए । त्यसपछि हलले ताली बजाएर पौडेलको प्रस्तावलाई अनुमोदन गरेको थियो ।

अध्यक्षमण्डलले पनि त्यसपछि पौडेलले राखेको प्रस्ताव पारित भएको बताएपछि अध्यक्षमा चुनाव लड्ने भन्दै महाधिवेशनका प्रतिनिधिसँग मत मागिरहेका नेता भीम रावलले भने असहमति जनाएका छन् ।

उनले ओलीलाई सर्वाधिकार दिँदै पदाधिकारीदेखि सदस्यसमेत छान्न दिने अधिकार आफूलाई स्वीकार्य नभएको भन्दै त्यसमा आफ्नो सहमति नरहेको बताएका थिए ।

प्रस्ताव पारित भएपछि रावलले वन्दसत्रमा बोल्दै आफू त्यस्तो निर्णय नमान्ने बताएका थिए । म त्यस्तो निर्णय मान्दिन, अध्यक्षमा उम्मेदवारी छोड्दिन, रावलले वन्दसत्रमा सम्वोधन गर्दै भनेका थिए । रावलको सम्बोधनको क्रममा हलमा केहीबेर होहल्ला भएको थियो ।

रावल बोलेपछि ओलीले कोसँग लड्नुहुन्छ भन्दै रावलप्रति ब्याड्ग्य गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ । कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ, भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने ? मनोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’– ओलीले भने ।

ओलीले अब आइतबार बन्दसत्रमा पदाधिकारीसहित सदस्यको नाम ल्याउने र त्यसपछि असहमति हुनेलाई मात्र थप प्रतिक्रिया दिन ओलीले रावललाई भनेका छन् । वन्दसत्र शनिवारलाई सकिएको छ । अब आइतबार विहान १० वजे वन्दसत्र चल्नेछ ।

प्रतिक्रिया