एमाले महाधिवेशन : अध्यक्षको दाबी गरेका भिम रावल छलफलमा बसे

काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका उपध्याक्ष भिम रावलले आफूनिकट नेता तथा कार्यकर्तासँग छलफल सुरु गरेका छन् । उनले शनिबारको बन्दसत्रमा समेत अध्यक्षमा दाबी गरेका थिए ।
बन्दसत्र स्थल होटल सेभेन स्टारमा उनले आफूनिकट नेता तथा कार्यकर्तासँग छलफल सुरु गरेका हुन् । छलफलमा उपस्थित रहेका नेताहरू भने गोप्य राखिएको छ ।
बन्दसत्रको पहिलो दिन हिजोको निर्णयले पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो । लगत्तै उपाध्यक्ष रावलले लोकतान्त्रिक विधि र पार्टीको विधानविपरीत भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
अध्यक्षबाट उम्मेदवारी फिर्ता लिन दबाब आइरहँदा रावलले अधिकार कुण्ठित गर्न खोजेको बताएका छन् । ‘यसबीच मैले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरिसकेको छु, म उम्मेदवारी दिन्छु,’ उनले भने, ‘अरु कमरेडहरूले पनि दिनु हुन्छ, यो अधिकार कुनै हालतमा कुण्ठित गर्न मिल्दैन, कुण्ठित हुँदैन ।’

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया