एमाले महाधिवेशन : अध्यक्षको दाबी गरेका भिम रावल छलफलमा बसे

काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका उपध्याक्ष भिम रावलले आफूनिकट नेता तथा कार्यकर्तासँग छलफल सुरु गरेका छन् । उनले शनिबारको बन्दसत्रमा समेत अध्यक्षमा दाबी गरेका थिए ।
बन्दसत्र स्थल होटल सेभेन स्टारमा उनले आफूनिकट नेता तथा कार्यकर्तासँग छलफल सुरु गरेका हुन् । छलफलमा उपस्थित रहेका नेताहरू भने गोप्य राखिएको छ ।
बन्दसत्रको पहिलो दिन हिजोको निर्णयले पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो । लगत्तै उपाध्यक्ष रावलले लोकतान्त्रिक विधि र पार्टीको विधानविपरीत भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
अध्यक्षबाट उम्मेदवारी फिर्ता लिन दबाब आइरहँदा रावलले अधिकार कुण्ठित गर्न खोजेको बताएका छन् । ‘यसबीच मैले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरिसकेको छु, म उम्मेदवारी दिन्छु,’ उनले भने, ‘अरु कमरेडहरूले पनि दिनु हुन्छ, यो अधिकार कुनै हालतमा कुण्ठित गर्न मिल्दैन, कुण्ठित हुँदैन ।’









अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
आजका लागि सागसब्जी र फलफूलको मूल्य
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
प्रतिक्रिया