मंगलबार, वैशाख ८, २०८३

केपी ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी

मेरोन्यूज २०७८ मंसिर १३ गते ९:५१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको १० औँ महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

Advertisement
NiccNicc

उनीसँग उपाध्यक्ष भिम रावलले प्रतिस्पर्धा गर्ने भएका छन् । उनले यसअघि नै उम्मेदवारी दिइसकेका छन् ।

अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आज राति ३ बजे आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणाअनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया