१० सचिवको एकैपटक सरुवा (को कहाँ सूचीसहित)
काठमाडौं । सरकारले १० जना सचिव सरुवा गरेको छ । आज दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले १० जना सचिवको सरुवा गरेको सरकारका एक मन्त्रीले जनकारी दिए ।
सरकारको कामकार्वाहीलाई कामकाजी बनाउन र थप प्रभावकारी बनाउन सचिवहरुको सरुवा गरिएको ति मन्त्रीले बताए । केही सचिवलाई भने ४ महिना नपुग्दै सरकारले फेरि सरुवा गरेको छ । सचिव महेश्वर न्यौपाने र भरतमणी सुवेदी सरुवा भएको ४ महिना नपुग्दै पुनः सरुवा भएका छन् ।
को कहाँ ?
सुरेश अधिकारी : निर्वाचन आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
एकनारायण अर्याल : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा
सूर्यप्रसाद गौतम : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
महेश्वर न्यौपाने : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा
यादवप्रसाद कोइराला : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा
रामप्रसाद थपलिया : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
रमेश सिंह : शहरी विकास मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा (अतिरिक्त समुह)
मणिराम गेलाल : ऊर्जा आयोगबाट शहरी विकास मन्त्रालयमा
गोकर्णमणि दुवाडी : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट निर्वाचन आयोगमा
भरतमणि सुवेदी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया