शुक्रबार, फागुन २२, २०८२

एमाले महाधिवेशन

बाध्यताको स्वीकार, ओलीको कसिङ्गर

न भयो कुनै विषयमा वैचारिक वहस, न देखियो लोकतान्त्रिक संस्कार

शित्तल शर्मा २०७८ मंसिर १४ गते १९:३१

काठमाडौं । लालवावु पण्डित एमालेभित्रका सादगी नेतामा गनिन्छन् । कुनै समय थियो, उनलाई धेरैले साइकल मन्त्री भनेर पनि चिन्थे । पीआरधारी कर्मचारीका लागि त उनी कसिंगार नै थिए । एमालेको नवौं महाधिवेशनमै उपाध्यक्षका उम्मेदवार । माधव नेपालका पहिले अति विश्वास पात्र ।

Advertisement
nepal life insurencenepal life insurence

तर जब सर्वाेच्च अदालतले २३ फागुन २०७७ मा नेकपाको एकता वदर गरेर एमाले–माओवादी दुवै पार्टीलाई पूरानै अवस्थामा फर्काइदियो, त्यसपछि उनी माधव नेपालले लिएको बाटोमा हिडेनन् । जे भन्नुछ, जसरी लड्नुछ त्यो पार्टीभित्रै रहेर लडनुपर्छ, कमिटि बैठकमै आएर आफना असन्तुष्टि राख्नुपर्छ भन्ने उनको मत थियो ।

त्यसपछि उनको माधव नेपालसँगको दौतरी सम्बन्ध विस्तारै पातलिँदै जान थाल्यो ।

उनी ओली र एमालेले लिएको बाटोमा समाहित हुँदै जान थाले ।

महाधिवेशनका लागि चितवन झर्दासम्म उनी पार्टीको पदाधिकारीका आँकाक्षी थिए । गोदावरीको विधान सम्मेलनले पारित गरेको विधान अनुसार ४ जना उपाध्यक्षमा आफु जसरी पनि अट्ने तम्तयारीका साथ उनी चितवन पुगेका थिए । सर्वसम्मत नेतृत्व चयन गर्दा होस् या आन्तरिक चुनावी प्रतिस्पर्धा उनलाई पदाधिकारीमा चुनिएरै काठमाडौं फर्किन्छु भन्ने लागेको थियो ।

तर, उनले न निर्वाध पार्टीभित्रको आन्तरिक चुनावमा जान पाए, न ओलीले सर्वसम्मत बन्ने नाममा पदाधिकारी देखि सदस्यसम्म छान्ने अधिकार लिँदा ओलीको सूचीमै पर्न सके । केन्द्य्रीय सदस्यमा उनको नाम ओलीले ३०१ को सूचीमा समेटेर ल्याए ।

त्यसपछि भने उनले खिन्न मन बनाए । अन्ततः उनले केन्द्रीय सदस्यको पद नै अश्वीकार गरे । ‘मैले यसअघि पनि पदाधिकारीमा प्रतिस्पर्धा गर्छु भनेको थिएँ । नवौं महाधिवेशनमा पनि पदधिकारीमा प्रतिस्पर्धा गरिसकेको थिए, यसपटक पनि पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा चितवन पुगेको थिएँ । त्यसमा नेतृत्वले अर्कै सूची घोषणा गरेपछि बागी, विद्रोही बन्न चाहिनँ । फेरि अहिले जस्ता प्रतिनिधि आउनुभएको छ, यो परिस्थितिमा नेतृत्वको सूचीबाहिर गएर उम्मेदवारी दिनुको अर्थ पनि थिएन, मेरो नाम केन्द्रीय सदस्यमा आयो, त्यसपछि मैले त्यो पदमा नबस्ने घोषणा गरेको हँु,’ लालबाबुले मेरोन्यूजसँग भने ।

ललवावु मात्रै होइन, उपाध्यक्ष निर्वाचन प्रक्रियाबाटै जितेका सुवासचन्द्र नेम्वाङ पनि त्यक्ति खुसी देखिन्नन । वरिष्ठ उपाध्यक्षका आकांक्षी थिए नेम्वाङ । आवश्यक पर्दा चुनावी प्रतिस्पर्धा नै गर्ने योजना बनाएर उनी चितवन पुगेका थिए । ओलीसँग उनले आफनो कुरा प्रष्ट साग राखेका पनि थिए । तर उनलाई उपाध्यक्ष मात्र बनाएर ओलीले वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेललाई सुरक्षित बनाइदिए ।

भित्री बैठकमा ओलीले बरिष्ठमा ईश्वर र उपाध्यक्षमा नेम्वाङलाई राख्ने प्रस्ताव गरेको भए स्थिती फरक हुन सक्थ्यो । तर ओलीले बन्दसत्रमा ३०१ जना नेताको नाम प्रस्ताव गरेर त्यही मञ्चमै सबै नेताहरुकै सामुन्ने अन्य पदाधिकारीको सूचि तयार पारे ।

भीम रावललाई उपाध्यक्षमा ओलीले राख्न सूचिमा नामै लेखेका थिए । तर रावलले म उपाध्यक्ष बस्दिनँ भनेर प्रष्ट असहमति जनाएपछि उनको नाम काटेर सुरेन्द्र पाण्डेको नाम थप्ने काम गरे । तर त्यही देखादेख महासचिव दावी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका नेम्वाङलाई उपाध्यक्षमा नाम लेखे ।

नेम्वाङ, विष्णु पौडेलले ओलीको यो शैलीमा मन अमिलो बनाए पनि मुखै फोरेर केही बोलेनन् । जस–जस नेताको नाम वरिष्ठ र महासचिवमा ओलीले राखे, उनीहरुकै सामुन्ने ओलीसँग जुध्नु न पौडेलले उपयुक्त ठाने, न नेम्वाङले नै । त्यसपछि हलले ओलीले राखेको पदाधिकारीको प्रस्तावमा ताली बनाईहाले । चित्त नवुझदा नवुझदै पनि नेम्वाङले उपाध्यक्षमै चित्त वुझाउनु पर्ने परिस्थिती बनिदियो । पौडेललाई पनि उपाध्यक्षमै बस्नुपर्ने वाध्यता आइलाग्यो ।

आफ्नै समुहका नेताहरुले नै भित्री मनमा चुनाव चाहेका थिए । आफुले खोजेको र रोजेको पदमा चुनाव उठ्न उनीहरुले चाहेका थिए । तर रोजीको पदमा न ओलीले चुनाव लड्ने वातावरण दिए, न चित्त बुझदो पद नै ।

ओली समहुकै नेताहरुलाई पनि बाध्यतामा जे ओलीले सोचे, त्यसैलाई स्वीकार गर्नु बाहेक अर्काे कुनै विकल्पै रहेन ।

‘मेरो गुनासो अध्यक्षलाई भन्छु तर सर्वसम्मतिले गरेको मान्छु भनेको थिएँ, अध्यक्षले गृहकार्य गरेर नाम सुनाउनुभयो, हलले अनुमोदन ग¥यो, निर्वाचनमा गएको भए स्वाभाविक रूपमा बरिष्ठ उपाध्यक्षमा चुनाव लड्थें,’ नेम्वाङले भने, -‘परिरिस्थति यस्तो आईलाग्यो, जे आयो, त्यसलाई स्वीकार गर्नुपर्ने बाध्यता पर्याे । ’

ओली खासमा चिनियाँ राष्ट्रपति समेत रहेका कम्युनिस्ट पार्टीका नेता सी जस्तै नेपालमा पनि एमालेको नेतृत्वमा रहेर शक्तिशाली बन्न चाहन्थे । त्यसैका लागि उनले पार्टीभित्रको टुटफुटका कारण केन्द्र देखि प्रदेश सरकारसम्म गलहत्याइँदा र एमालेकै करिव २७ वर्ष पार्टी नेतृत्वमा रहेका माधव नेपाल, झलनाथ खनालदेखि उपाध्यक्ष रहेका बामदेव गौतमले पार्टी छोडदा समेत आफु कमजोर नरहेको सन्देश दिन चाहन्थे ।

त्यसअतिरिक्त उनी एमालेमा आफनो प्रतिस्पर्धी कोही नरहेको भन्दै सातौं महाधिवेशनमा माधव नेपाल जसरी शक्तिशाली बनेका थिए, त्यसैगरी निर्विकल्प शक्तिशाली बन्न चाहान्थे । जसले गर्दा उनले महाधिवेशन प्रतिनिधीको चुन्ने र चुनिने अधिकरमाथी नै डोजर लगाउन चाहेका थिए ।

तर न ओली त्यसरी सर्वसम्मत हुन सके, न उनले पार्टीभित्र सवै भाँचिएका मनहरुलाई जोडेर ल्याउन सके । भीम रावल, घनश्याम भुसालहरुको समुह मतमा नदेखिएपनि महाधिवेशन प्रतिनिधीहरुको मन-मनमा वलियो हुने गरी देखाईदिए । उनको आफ्नै समुहका नेताहरुभित्र पनि उपगुट जन्माएर ओली महाधिवेशनवाट फर्किने भएका छन् ।

गत असोजमा गोदावरीको विधान सम्मेलनयता उनले चाहेका थिए, पार्टीभित्र चिनियाँ राष्ट्रपति समेत रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष सी जिनफिङ जस्तै शक्तिशाली बन्ने । जसरी सीले शक्ति विस्तार गर्दै लगेर पार्टीको विधान नै परिवर्तन गरेर चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा माओत्से तुङ पछिका शक्तिशाली बनेका थिए ।

त्यही शैली ओलीले पनि पछ्याउँदै एमाले पार्टीमा दुई चोटी एउटै पदमा उम्मेदवार हुन नपाउने, ७० वर्ष उमेर हद कायम गर्ने विषयलाई पनि आफू अनुकुल ब्याख्या गराउँदै फेरि आफूलाई नेता बन्न सक्ने व्यवस्था गरेका थिए । आफनो अनुकुलताका लागि विधान महाधिवेशनले गरेको निर्णयलाई ५६ दिनमै भताभुङ पार्ने सम्मको काम उनैले गरे ।

यसले ओलीले चितवनमा गरेको महाधिवेशन न कुनै विषयमा वैचारिक राजनीतिक विषयमा छलफलको केन्द्र नै बन्न सक्यो, न लोकतान्त्रिक सस्कार नै देखाएर फर्किन सक्यो । यसले ओलीका लागि महाधिवेशन प्रतिनिधीहरुले वाध्यात्मक स्वीकार गरेर एमाले महाधिवेशनलाई विश्राम लगाएका छन् ।

प्रतिक्रिया