सर्वोच्चमा आजदेखि गोला प्रक्रिया लागू हुँदै

काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रक्रिया लागू हुँदैछ । सर्वोच्चमा आज बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो । नेपालमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिन लागेको हो ।
यसअघि यो प्रक्रिया जिल्ला अदालतमा गरिए पनि पछि हटाइएको थियो । गोला प्रक्रिया लागू भए सर्वोच्चमा देखिएको लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । आजबाट न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने बताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारमा भाग खोजेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।
यस्तै प्रधानन्यायाधीश जबराको राजिनामाको माग गर्दै नेपाल बार एशोसिएशनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोल गर्दै आएका थिए । गोला प्रक्रिया लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरिएको थियो । गोला प्रक्रिया लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारमा कटौती हुनेछ ।
















बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया