सोमबार, मंसिर २९, २०८२

कांग्रेस महाधिवेशन : आजदेखि प्रदेश अधिवेशन सुरु हुँदै

मेरोन्यूज २०७८ मंसिर १६ गते ८:०१

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रदेशको अधिवेशन हुने भएको छ । प्रदेश अधिवेशनलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् ।

प्रदेश १ को अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, वागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढी हुने भएको ।

प्रदेश अधिवेशनको उदघाटन भर्चुअल माध्यमबाट देउवाले गर्ने भए पनि सबै प्रदेशमा शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । यसका लागि प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूले सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया