खुकुरी रमको नयाँ प्याकेजिङमा ग्राहकको ध्यान

काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरको अनुभवसहित नेपाली मौलिकपनलाई मिसाएर बनाइएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षकले ग्राहकको ध्यान तानेको छ । करिब ६ दशकदेखि उपभोग गरिरहेका ग्राहकहरूले नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रिया दिइरहेका बिक्रेताहरुले जनाएको छ ।
नयाँ प्याकेजिङमा नेपालको मौलिकतासहित नवीन र पृथक विशेषताहरु थपिएका छन् । ‘द नेपाल डिस्टिलरिज’का महाप्रबन्धक सुभास लामिछानेका अनुसार रमको नयाँ बोटलको बिर्कोले नेपाली वीरताको प्रतीक खुकुरीको बिँडको अनुभूति दिएको छ ।
रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतीक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनले बताए । यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई नेपाली मौलिकता तथा गुणस्तर दिने भएको छ ।

खुकुरी रमको नयाँ प्याकका विशेषताका कारण ग्राहकहरु उत्साहित देखिएका बिक्रेताहरुले बताएका छन् । उनीहरुले खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरुका लागि यसलाई अझ विशेष बनाउने काम गरेको बताउँछन् ।
उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको उल्लेख गरे ।









मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया