कांग्रेस महाधिवेशन
साढे आठ हजार प्रतिनिधि आए चुनावी प्रतिस्पर्धाबाट
कुन समुदायबाट कति आए प्रतिनिधि ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवशेनअन्तर्गत विभिन्न समुहबाट अहिलेसम्म करिब एक लाख ५० हजार पदको निर्वाचन भएको छ ।
वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म करिब एक लाख ५० हजार पदको निर्वाचन प्रक्रिया पूरा भएको केन्द्रीय प्रचार विभागको जनाएको छ । कांग्रेसले देशैभरी अधिकांस वडा र पालिकाको नेतृत्वमा सर्वसम्मत नेतृत्व गरेको देखिन्छ । कतिपय प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पनि प्रतिनिधिहरु सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
विभागका प्रमुख एवम् पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म देशभर एक लाख ५० हजार जना विभिन्न पदमा नयाँ नेतृत्व चयन भएको जानकारी दिए । एक लाख ५० हजारमा पनि ९४ प्रतिशत सर्वसम्मत नेतृतव चयन भएका समेत उनले बताए ।
यो संख्या अझ बढ्ने उनको भनाई छ । उनले भने,‘मात्र ६ प्रतिशत पदमा मात्रै चुनावी प्रतिस्पर्धा भएको छ भने बाँकीमा सर्वसम्मत नै नेतृत्व चयन भएको छ ।’
अहिलेसम्म ८ हजार ४७४ जना मात्र चुनावी प्रतिस्प्रर्धाबाट आएका देखिन्छन् । कांग्रेसको ६१ जिल्लामा मात्र जिल्ला अधिवेशन सकिएको छ । अझै १६ जिल्लामा कतै नगरदेखि नै अधिवेशन बाँकी छ ।
प्रचार समितिका प्रविधि संयोजक दिपेश विष्टले १ लाख ४१ हजार ४२ पदमा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए । उनका अनुसार नेतृत्वमा पुगेकामध्ये ६८ हजार ८३२ जना खसआर्य थारु समुदायका ५ हजार ८ सय २७, अपांगता भएका १ हजार ८ सय ८४ र आदिवासी जनजाति समुदायका ४१ हजार ६ सय ४१ जना रहेका छन् । महिला ४३ हजार तीन सय ५७ जना निर्वाचित भएका छन् । कांग्रेसले वडादेखि नै समावेशी अनिवार्य गर्दा यति धेरै संख्यामा विभिन्न समुदायबाट प्रतिनिधि आएका हुन् ।
यो पनि

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया