सोमबार, मंसिर २९, २०८२

माओवादी धनगढी उपमहानगरको अध्यक्षमा खाती निर्वाचित

मेरोन्यूज २०७८ मंसिर १६ गते १९:४९

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनगढी उपमहानगरको अध्यक्षमा सुरज खाती निर्वाचित भएका छन् । बिहीबार भएको आन्तरिक चुनावमा उनले ७३ मध्ये उनले ३५ मत पाएर विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिद्वन्द्वी उम्मेदवार मुरारीप्रसाद अधिकारीले २४ र आशिष वमले १२ मत पाए ।

यस्तै, उपाध्यक्षमा ललित खत्री, मन्तोरा राना र दिपक रावल भएका छन् । उपाध्यक्ष पदका लागि उनीहरूसहित बिनोद बोहरा, अनिल बिसी, किसन कोली, मिनबहादुर बिसी र राजु तोलामीबीच चुनाव भएको थियो । सचिव रमेशप्रसाद भट्टराई, सहसचिवमा सुरेश सुनार र कोषाध्यक्षमा सूर्य शर्मा विजयी भएका माओवादी केन्द्रका धनगढी नगर इञ्चार्ज निर्मल शाहले जानकारी दिए ।

प्रतिक्रिया