माओवादी धनगढी उपमहानगरको अध्यक्षमा खाती निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर १६ गते १९:४९

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनगढी उपमहानगरको अध्यक्षमा सुरज खाती निर्वाचित भएका छन् । बिहीबार भएको आन्तरिक चुनावमा उनले ७३ मध्ये उनले ३५ मत पाएर विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिद्वन्द्वी उम्मेदवार मुरारीप्रसाद अधिकारीले २४ र आशिष वमले १२ मत पाए ।
यस्तै, उपाध्यक्षमा ललित खत्री, मन्तोरा राना र दिपक रावल भएका छन् । उपाध्यक्ष पदका लागि उनीहरूसहित बिनोद बोहरा, अनिल बिसी, किसन कोली, मिनबहादुर बिसी र राजु तोलामीबीच चुनाव भएको थियो । सचिव रमेशप्रसाद भट्टराई, सहसचिवमा सुरेश सुनार र कोषाध्यक्षमा सूर्य शर्मा विजयी भएका माओवादी केन्द्रका धनगढी नगर इञ्चार्ज निर्मल शाहले जानकारी दिए ।
सम्बन्धित


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया