आइटिएफ वल्र्ड टेनिस : नेपाली खेलाडी सेमिफाइनलमा
कास्की । पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा जारी ‘आइटिएफ गल्र्सरब्वाइज यू–१८ वल्र्ड ¥याङकिङ टेनिस टुर’ अन्तर्गत आजको क्वाटरफाइनलको खेलमा ‘डबल्स’तर्फ नेपाली खेलाडीले संघर्षपूर्ण जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत पुरुषतर्फ नेपालका आरभविक्रम हाडा र आर्यन गिरीको जोडी र महिलातर्फ अभिलाषा विष्ट र सलोनी तामाङ तथा प्रतीक्षा श्रेष्ठ र रायन शाहको जोडी सुपरटाइमा संघर्षपूर्ण जीत निकाल्दै सेमिफाइनल प्रवेश गर्न सफल भयो ।
नेपाली जोडी आरभ र आर्यनले भारतीय जोडीले निखिल मित्तल र अनर्व यादवविरुद्धको खेलमा पहिलो सेट ४–६ अंकले गुमाए पनि दोस्रो सेटमा भने जीत निकाल्यो । उनीहरु अन्तिम सेट सुपरटाइमा १०–५ अंकले जित्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भए । आरभ र आर्यनले फाइनलको यात्रा तय गर्न शुक्रबार हुने सेमिफाइनलमा भारतका कविर चावरिया र दक्ष प्रसादसँग प्रतिस्पर्धा गर्ने छन् ।
महिलातर्फ अभिलाषा र सलोनीको जोडीले भारतीय जोडी नियाती कुक्रेती र सञ्जय मोहन्तीसँग पहिलो सेट १–६ ले गुमाए पनि दोस्रो सेटमा ६–३ अंकको जीत निकाल्न सफल भयो । सुपरटाइमा पुगेको खेलमा अभिलाषा र सलोनीले १२–१० खेल जित्दै सेमिफाइनलमा भारतीय खेलाडी दिभा भाटिया र मेहर मिश्रासँगको भेट पक्का ग¥यो ।
अर्को खेलमा रायना र प्रकृतिसमेत सुपरटाइमा खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए । उनीहरुले भारतीय जोडी श्रीनिधि रेड्डी र तनुषसँगको खेलमा पहिलो सेट ७–६ ले जित्दै भारतीय खेलाडीलाई दबाबमा राखे पनि दोस्रो सेट १–६ ले गुमाउन पुगे । अन्तिम सेट सुपरटाइमा १०–७ ले जित्दै सेमिफाइनलको यात्रा तय गर्ने छन् । उनीहरुले सेमिफाइनलमा नेपालकै इशा श्री शाह र सर्वाणी श्रेष्ठसँग खेल्ने छन् ।
जिल्ला टेनिस संघले टेनिसको नियमनकारी सर्वोच्च निकाय विश्व टेनिस महासङघसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताबाट खेलाडी बरियता तय हुनेछ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया