राप्रपाको नेतृत्व चयन गर्न दुवै पक्षले आज उम्मेदवारी दिँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ । राप्रपामा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कूल चार हजार ४७१ जना मतदाताले पार्टीको नेतृत्व चयनमा मतदान गर्ने भएका छन् । निर्वाचनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुने व्यवस्था छ ।
थापा र लिङ्देन दुवै पक्षले प्यानल तय गरिसकेको छ । विक्रम पाण्डे दुवै पक्षको उपाध्यक्षको सूचीमा छन् । यसबाहेक थापा समूहमा बुद्धिमान तामाङ, ध्रुबबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षका उम्मेदवार छन् । त्यस्तै, लिङ्देन पक्षबाट उपाध्यक्षका उम्मेदवारमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन् । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ ।
थापाको प्यानलबाट महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्तिकुमारी शाही उम्मेदवार हुन् । त्यस्तै, लिङ्देनले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाउने भएको छ ।
केन्द्रिय निर्वाचन समितिले शुक्रबार बिहानदेखि उम्मेदवारी दर्ता गराउने समय दिइएको छ । शनिबार बिहान आठ बजेदेखि पाँच बजेसम्म अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया