माओवादीको विधान संशोधन गर्ने तयारी, उपसमिति बनाउने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।
विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन् । उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
पार्टीको राष्टिय सम्मेलनमा सहभागी हुने प्रतिनिधीहरुलाई २ हजार रुपैया प्रवेश शुल्क लिने निर्णय पनि माओवादी केन्द्रले गरेको प्रवक्ता महराले जानकारी दिए । उनले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरु बनाइएको बताएका हुन् । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए ।
प्रवक्ता महराले भने, ‘पार्टीको राष्टिय सम्मेलनमा सहभागी हुने प्रतिनिधीहरुलाई २ हजार रुपैया प्रवेश शुल्क तोकिएको छ, अर्को विधानको विषयमा हामीले छलफल ग¥यौँ, विधानमा केही विषय परिमार्जन गर्ने, थप गर्ने केही छ भने पाँच जनाको उपसमिति बनाइएको छ ।’
प्रवक्ता महराले लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न स्थायी कमिटीले अनुमति दिएको बताए । उनले राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपाङ्गहरुको हकहीत सुरक्षित गर्ने निर्णय गरिएको पनि बताएका थिए । बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको बताउँदै केन्द्रिय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रस्ताव तयार पार्ने जिम्मेवारीसमेत दिएको जानकारी दिए ।

















म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
प्रतिक्रिया