गण्डकी प्रदेशमा पौडेल पक्षको अग्रता
मेरोन्यूज
२०७८ मंसिर १८ गते २१:४५

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशमा बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा अग्रता देखिएको छ ।
दुई सय मत गणना हुँदा पौडेल समूहका सभापति उम्मेदवार शुक्रराज शर्माले झिनो अग्रता लिएका छन् ।
उनले १०६ मत पाएका छन् भने संस्थापनका सभापति उम्मेदवार अर्जुन जोशीले ९४ मत पाएका छन् । यसअघि एक सय मत गणनाको नतिजामा दुबै उम्मेदवारको मत बराबरी थियो ।
गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । एक हजार एक सय ६० मतदाता थिए ।
गण्डकीको नेतृत्वका लागि संस्थापन (देउवा) पक्ष र संस्थापन इतर पौडेल पक्षको प्रतिस्पर्धा छ ।
सम्बन्धित
प्रतिक्रिया